बुटवलमा प्यूठानका कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष आईसोलेसन अस्पतालमा उपचार गराई रहेका एकजना ५२ बर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नम्बर ७ का पुरुषको शुक्रवार विहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

कोरोना संक्रमणसंगै उनमा दम र उच्च रक्तचापको समेत समस्या रहेको डा. खनालले बताए । साउनको अन्तिम साता भारतबाट आएका उनी भदौ १ गते राती आईसोलेसन अस्पतालमा भर्ना भएका थिए । दमको समस्याको कारण श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई आईसोलेसनमा रहेको आईसियूमा उच्च निगरानीमा राखि उपचार भईरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका