गोंगबुको हत्या घटनामा संलग्न भएको आशंकामा प्रहरीद्वारा एक महिला पक्राउ
काठमाडौँ । गोंगबुमा सुटकेसभित्र शव भेटिएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङका अनुसार पूर्वी चितवनको माधवपुर क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।
काठमाडौं गएको प्रहरी टोलीले उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउँदैछ । गोंगबुमा एउटा सुटकेसमा शव र केहीपर अर्को झोलामा टाउको फेला परेको थियो । रोल्पा स्थायी घर भइ दाङमा बसाई सरेका र अहिले काठमाडौंमा बसोबास गरिरहेका कृष्णबहादुर बोहराको भएको खुलेको थियो ।