कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु, २२ संक्रमित थपिए



वीरगंज । कोरोना संक्रमणबाट पर्सामा थप एक महिलाको मृत्यु भएको छ । गएराति नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा उपचाररत् वीरगंज महानगरपालिका वडा नम्बर १५ भेडियाहीकी ४५ वर्षीया महिलाको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ती महिलालाई पहिलादेखि नै उच्च रक्तचाप, थाइराइट र स्वासप्रस्वासको समस्या रहेको उनले बताए ।

यसैबीच पर्सामा थप २२ जनामा संक्रमण पुष्टि भएको छ । २२ वर्ष देखि ५५ वर्ष उम्मेर समुहका ६ जना महिला र १६ जना पुरुषमा संक्रमण पुस्टि भएको उपाध्यायले जानकारी दिए । पोखरिया अस्पतालका एक जना चिकित्सक सहित ४ जना स्वास्थ्यकर्मी, जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना सुरक्षाकर्मी र नारायणी अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समासमेत संक्रमण पुष्टि भएको हो । पर्सा जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार ३४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘रेडियो फ्रिक्वेन्सी बाँडफाँटमा स्पष्टता आवश्यक’

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्राकृतिक स्रोत अन्तर्गतको ‘रेडियो

सरकारले ल्याएको अध्यादेश हुबहु पारित हुँदैनः नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यथास्थितिमा

डोला दर्शनका लागि श्रद्धालुको भीड

महोत्तरी । ‘सियावर रामचन्द्रकी जय हो’ एउटै वाणी, एउटै लय । मिथिला माध्यमिकी

पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्छः सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने