सिरहाको गोलबजारका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु



सिरहा । सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो ।

दुवै मिर्गौला फेल भएका उनलाई साउन १९ गते डायलसिसका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । जनकपुर प्रादेशिक अस्पतालमा उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी डायलासिस गरिएको थियो । साउन २१ गते दिउँसो उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

जनकपुर प्रादेशिक अस्पतालले २१ गते रिफर गरेपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार डायलसिसकै क्रममा ती युवकको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसका क्षेत्रीय सभापतिहरुलाई भैरहवामा दुई दिन प्रशिक्षण दिइने

भैरहवा । नेपाली कांग्रेसले देशभरि रहेका पार्टीका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  भक्तपुर । भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

गौतमबुद्ध विमानस्थलमा एक महिनामा ६ हजार यात्रु आगमन

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको

प्रतिफल नदिने आयोजनाहरूमा निर्ममतापूर्वक कैँची चलाउन सरकारलाई पूर्व अर्थसचिवहरुको सुझाव

काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरूसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व