उपाध्यक्ष गिरीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता



काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बिहीबार उपाध्यक्ष गिरीविरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको हो । रिट निवेदनको शुक्रबारलाई पेशी तोकिएको छ ।

आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको सयुक्त इजलाशले यसअघि सर्वोच्च प्रशासनले दरपिट गरेको उक्त रिट निवेदन दर्ता गरेर सुनुवाई गर्न आदेश दिएको थियो । अधिवक्ता नरेश भट्टले पेश गरेको रिट निवेदनमा आयोगका उपाध्यक्ष डा. गिरीको कानुन अनुसार योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गरिएको छ ।

निवेदनमा डा.गिरीको नियुक्ति गैरकानुनी भएको भन्दै अहिलेसम्म उक्त पदमा बस्दा लिएको तलव र भत्ता पनि फिर्ता गर्न माग गरिएको छ । डा.गिरीको नियुक्ति हुनुअघिनै व्यवस्थापिका संसदमा उनको योग्यता नपुगेको भन्दै विरोध समेत भएको थियो । चिकित्सा शिक्षा राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्यरत गिरी त्यहाँ पनि विवादमा मुछिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति

सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा