कपिलवस्तुबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ



कपिलवस्तु । ससस्त्र प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । मायादेवी गाउँपालिका वडा नम्बर एक पकडीका ३६ वर्षीय विनोद सोनारलाई १६ लाख रुपैया सहित नियन्त्रणमा लिईएकोे शशस्त्र प्रहरी निरिक्षक सन्तोष देवकोटाले जानकारी दिए ।

भारतबाट नेपाल आउँदै गरेका उनलाई बिशेष सूराकीका आधारमा मायादेवी गाउँपालिका वडा नम्बर ४ ठकुरापुर गोब्ली बगैंचाबाट ससस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सोनारको साथबाट १ हजार दरका एक एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी बरामद गरेको हो ।

पक्राउ परेका सोनार र १६ लाख रुपैया सुठौली भन्सार कार्यालयमा बुझाईएको प्रहरी निरिक्षक देवकोटाले बताए ।
सुनको अवैध कारोवार गर्दै आएका उनले नेपालतर्फबाट सुन भारत तर्फ तस्करी गर्नका लागि सो रकम ओसारपोसार हुदै गरेको हुन सक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
असई थमन विक हत्या आरोपमा जन्मकैद पाएका पूर्वसांसद पक्राउ

जलेश्वर । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असइ थमन विकलाई मधेस आन्दोलनको क्रममा आठ

एसइईको पुरक परीक्षा साउन २३ गतेदेखि

  भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि

बेचन झालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई

अख्तियारद्वारा गलत बकपत्र दिनेविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा