‘इनफ इज इनफ’का अभियन्ताहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप, २० भन्दा बढी पक्राउ



काठमाडौं । सरकारले अनशनमा बसेकाहरूको माग सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका ‘इनफ इज इनफ’का अभियन्तालाई प्रहरीले शनिबार पनि पक्राउ गरेको छ ।

शनिबार काठमाडौंको नक्सालस्थीत भाटभटेनी क्षेत्रमा प्रदर्शन गर्न पुगेका २० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हो । कोरोना भाइरस विरुद्धको अभियान प्रभावकारी रुपमा सञ्चालन नगरेको तथा आफूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियान अनसन सहित विरोधका कार्यक्रम गर्दै आएको छ ।

‘इनफ इज इनफ’ का अभियन्ता ईशान अधिकारी ‘ई’ हाल दोस्रो पटकको सत्याग्रहमा छन् । सत्याग्रहको १५ दिन हुँदा अधिकारीको स्वास्थ्य अवस्था खराब हुँदै गएको छ । इनफ इज इनफ’संग सरकारले यसअघि गरेको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले पुनः आन्दोलन सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको