कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या १,५११
काठमाडौं । कर्णाली प्रदेशमा आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सल्यानका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशमा निको भइ डिस्चार्ज हुनेको संख्या १५११ पुगेको छ । त्यस्तै सक्रिय विरामीको संख्या २२१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।