स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन बेपत्ता



स्याङ्जा । स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका– ४ बिर्घास्थित खहरेमा पहिरो जाँदा ७० वर्षीय इमानसिंह रानाको मृत्यु भएको हो । उनी साविकको विर्घा गाउँ विकास समितिका पूर्वअध्यक्ष हुन् । पहिरोमा परेर तीन जना बेपत्ता छन् भने दुई जना घाइते भएका छन् ।

घाइते बिर्घाकै हुमाकान्त पाण्डे र बुद्ध रानालाई उद्धार गरिएको छ भने प्रेमचन्द्र पाण्डे, गिमानसिंह राना र टीका थापा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बेपत्ताको खोजी भइरहेको र घाइतेको स्थानीय बिर्घा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गाउँमा खानेपानीको धारामा पानी नआएपछि पानीको मुल मर्मतका लागि पुगेका उनीहरूलाई माथिबाट झरेको पहिरोले पुरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई