स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा काठमाडौंमा मौन प्रदर्शन



काठमाडौं । स्वास्थ्यकर्मी माथिको आक्रमण तथा हिंसा अन्त्य गर्न माग गर्दै काठमाडौंमा मौन प्रदर्शन गरिएको छ । झापाको बिर्तामोडस्थित मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि भएको आक्रमणको विरोधमा आइतबार माइतीघरमा प्रदर्शन गरिएको हो ।

माइतीघर मण्डलामा भेला भएका चिकित्सकहरूले कोरोनाको महामारीमा पनि जोखिम मोलेर काम गरिरहेका डाक्टरमाथिको आक्रमण अमानवीय रहेको बताएका छन् । प्रदर्शनमा सहभागी चिकित्सकहरूले डाक्टर भगवान होइन, बुद्धिले भ्याएसम्म काम गर्ने हो, डाक्टरले जानेर गल्ती गर्दैन, तर डाक्टर माथि जाइलाग्ने कार्य बन्द हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए । माइतीघरबाट नयाँ बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरिएको थियो ।

असार ११ गते झापाको मेडिकल हस्पिटलमा इमर्जेन्सीमा कार्यरत मेडिकल अफिसर डा. सुधाकर झामाथि बिरामीका आफन्तहरूले हातपात गरेका थिए । बिरामीका आफन्तहरूलाई इमर्जेन्सीको गेटमा होहल्ला नगरिदिन र मास्क लगाउन भन्दा बिरामीका आफन्तले सोही कुरालाई लिएर हातपात गरेको डा. झाको भनाई छ ।

उनले हातपातका क्रममा आँखामा चोट लागेकाले अहिले थप उपचारका लागि काठमाडौ आएको जानकारी दिए । बिर्तामोड नगरपालिका ६, बुट्टाबारीका ८ वर्षीय विज्ञान राईको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे अस्पताल लगिएको थियो । अस्पतालका अनुसार बालकको हातको अप्रेसन गरिएको र अवस्था सामान्य थियो ।

त्यस्तै नेपाल मेडिकल कलेज जोरपाटी, धरानका स्वास्थ्यकर्मी र त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण भएको थियो । सुदूरपश्चिम प्रदेशका एक स्वास्थ्यकर्मीमाथि गम्भीर आक्रमण भएर ट्रमा सेन्टरमा उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा १२० थान खुकुरी चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको सीतापाइलास्थित कारखानाबाटै खुकुरी चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ

ललिता निवास जग्गामा विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार पुग्यो सर्वोच्च

काठमाडौं । ललिता निवासको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम

बर्खायाममा यातायात नियमित सञ्चालन हुनसक्ने गरी बिपी राजमार्गको मर्मत गरिँदै

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको

थापाथलीमा पाइप फुट्दा सडकमा बग्यो मेलम्चीको पाँच लाख लिटर पानी

काठमाडौं ।  थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी