‘कोरोना रिमुभिङ कार्ड’ भिरेर कोरोना सर्दैन भन्ने होइनः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ कार्ड प्रयोग गर्दै कोरोना संक्रमण नहुने भन्ने हल्ला निराधार भएको बताएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बरु कार्डमा प्रयोग भएको रसायनले स्वास्थ्यमा असर गर्ने बताएका हुन् ।
उनले कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै औषधिको विकास नभएको र औषधि विकास भएमा त्यसबारेमा मन्त्रालयलाई जानकारी हुने भएकाले यस्ता अप्रमाणित विषयमा हल्ला नफैलाउन आग्रह गरेका छन् । गौतमले महामारीको यस्तो घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन पनि मन्त्रालयले आग्रह गरेका छन् । मन्त्रालयले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा कोरोनाबाट जोगिन भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
उसले कोरोना संक्रमण नियन्त्रणका लागि यस्ता प्रविधि विकास भए मन्त्रालयले नै वितरण गर्ने भन्दै यस्ता अफवाहका पछि नलाग्न आग्रह गरेको छ । नेकपाको शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले सदस्यहरुलाई कार्ड वितरण गरेका थिए । ‘भाइरस रिमुभिङ कार्ड’को बारेमा सामाजिक संजालमा आलोचना भएपछि शनिबारको बैठकमा नेता नेपालबाहेक अरुले नभिरेको बताइएको छ ।
र योपनि