कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय ३३, नौ जना थपिए
काठमाडौं । कर्णाली प्रदेशमा शुक्रबार थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, सुर्खेत र जाजरकोटमा गरी नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय ३३ पुगेको छ ।