कुटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन कांग्रेसले विपक्षी दलको हैसियतामा सहयोग गर्ने देउवाद्वारा स्पस्ट



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवाले राष्ट्रिय हितको सबालमा सबै नेपाली फेरि पनि एकजुट भएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा सभापति देउवाले गुमेको भूमि फिर्ता ल्याउन सरकारलाई सबै नेपाली नागरिकले साथ दिएका बताएका हुन् ।

उनले नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलले समेत संविधानमा नक्सा संशोधनका लागि पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । उनले नक्सा पारित गर्न एक भएजस्तै भूमि फिर्ता ल्याउन पनि सम्पूर्ण नेपालीहरु एक हुने बताए । उनले कुटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन कांग्रेसले विपक्षी दलको हैसियतामा सहयोग गर्ने स्पस्ट पारे ।

सभापति देउवाले सुगौलीको सन्धी १८१६ अनुसार कालीदेखि पूर्वको भूभाग नेपालको भएको स्पस्ट भएको समेत बताए । यस्तै अंग्रेजले छापेको नक्सामा पनि कालीनदी भनिएको र चीनमा पनि कुटियाङ्दी भन्ने शब्द रहेको र त्यसको अर्थ पनि काली नदी भन्ने नै रहेकाले काली नदी भन्दा पूर्वको भूभाग नेपालको हो भन्ने स्पष्ट भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

अभिलेख नहुँदा नागरिकताबाट वञ्चित

  कैलाली । कैलालीको टीकापुरका झनकप्रसाद तिमिल्सिना लामो समय शिक्षण गरेर सेवानिवृत्त भए

तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको