निजी सवारी सम्बन्धित जिल्लाभित्र मात्र संचालन गर्न पाइने



काठमाडौं । सरकारले दुई सिफ्टमा सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सूचना एवं सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को बैठकले असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

सरकारी कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने उनले बताएका छन् । त्यस्तै बैठकले संक्रमण बढ्दै गएको भन्दै तत्काल सार्वजनिक सवारी सञ्चालन नगर्ने निर्णय गरेको छ । निजी सवारी साधन भने जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

उनका अनुसार सवारी साधनमा चढ्दा गाडीको सिटको एकतर्फको सिटमा एकजना मात्र बस्नु पर्ने र मास्क अनिवार्य लगाउनुपर्ने निर्णयसमेत बैठकले गरेको छ । त्यस्तै निजी सवारी एक जिल्लाबाट अर्को जिल्लामा नभई आन्तरिक मात्र संचालन गर्न पाइने छ ।

सरकारले शैक्षिक संस्था (विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र), अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तराष्ट्रिय उडान, तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,(सबै प्रकारका तालिम, गोष्टी, सभा र सेमिनार, सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन, सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना, शैलुन र ब्युटीपार्लर, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, सबै धार्मिक तथा सार्वजनिक स्थलहरु, यात्रुबाहक सवारी साधन संचालनमा पनि रोक लगाएको छ । काठमाडौं उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सोही सम्बन्धित जिल्ला भित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुनेछन् ।

मन्त्रिपरिषद्ले नेपाल–भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको