नागरिक र राजनीतिक दलको एकताले भौगोलिक अखण्डता स्थापित गर्छौं भन्ने स्पष्ट भएको छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको विषयमा कसैलाई देवत्वकरण गर्न आवश्यक नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यो कुनै दल वा व्यक्ति विशेषको नभएकाले यो सबैको साझा मुद्दा भएको बताएका हुन् । उनले भने, “कसैले जस पाउला कि भनेर चिन्ता गर्नुपनि पर्दैन को जसबाट छुट्ला कि भन्ने चिन्ता मान्नु पर्दैन । ”

उनले संविधान संशोधनमा दलहरुले देखाएको एकता अभूतपूर्व भएको बताए । उनले संसद बाहिर रहेका राजनीतिक दल तथा नेपाली नागरिकको ऐक्यवद्धताको प्रशंसा गरे । दलीय अभ्यासमा यस्ता राष्ट्रिय एकता कहिले कहिले मात्र देख्न पाइने भन्दै उनले हाम्रो संसद यस मामिलामा अत्यन्तै गम्भीर रहेको बताए ।

उनले परेका बेला राष्ट्रका सामु आएका चुनौति सामना गर्न नेपाली जनता र राजनीतिक दलहरु जिम्मेवार हुने कुरा यसबाट स्पष्ट भएको बताए । यस मामिलामा सिंगो देशलाई एकतावद्ध भएर संसद देशलाई हाँक्न सक्षम छ भन्ने देखाएको समेत बताए । अप्ठ्यारो बेलामा राष्ट्रिय एकतालाई प्रदर्शन गर्ने चरित्रलाई उजागर पारेको बताए । उनले यसबाट हाम्रो भौगोलिक अखण्डता स्थापित गर्छौं भन्ने स्पष्ट भएको उल्लेख गरे ।

प्रधानमन्त्रीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रिया संगत आउने भएकाले अनियमितता हुनेमा शंका नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले अनियमिता हुनेमा शंका नगर्न आग्रह गरेका हुन् । उनले महामारीको संकटमा कसैले भ्रष्टाचार गरेको पाईए सरकारले कानुनी कारवाही गर्ने बताए ।

प्रधानमन्त्रीले अरुलाई लाञ्छना लगाउने र सधै अनियमितता भयो भन्ने प्रवृतिलाई बढावा नदिन पनि आग्रह गरेका छन् । प्रधानमन्त्रीले पछिल्लो समय भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कारवाही हुने गरेको भन्दै पहिला त्यसो नभएको भन्दै प्रतिपक्षी दलप्रति व्यंग्य गरे ।

उनले भने, ‘अनियमितता भयो भन्ने र लाञ्छना लगाउने प्रवृत्ति पनि देखिन्छ । त्यो प्रवृत्तिमा नबग्न अनुरोध गर्दछु । सरकारले कुनै पनि प्रकारको अनियमितता सहदैन र छानविन गर्छ कारवाही गर्छ अनि कानुनको कठघरमामा उभ्याउछ र दोषी भएको पाईएमा कारवाही गर्छ।’ प्रधामन्त्रीले कोरोना सबैको साझा शत्रु भएकाले यसको नियन्त्रणका लागि भएका कार्यका बारेमा आएका आलोचनाहरुलाई आफूले सकारात्मक रुपमा लिएको बताए ।

उनले आलोचनाबाट सुधार गर्दै अघि बढ्ने पनि बताए । उनले भारतबाट नागरिकहरु फर्कने क्रम बढेपछि संक्रमण बढ्ने क्रम बाँध फुटेर बाढी आएको जस्तै भएकाले केही समस्या आएको बताए । उनले नेपाल फर्कनै पर्ने व्यक्तिलाई फर्काउने व्यवस्था मिलाईएकाले क्रमैसंग ल्याईने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको