एकता गर्दा नाम तल राख्न मानेर बाबुरामको उचाई अझै बढेको छः कमल थापा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगमा पेश गरेको कागजले डा. बाबुराम भट्टराईको राजनीतिक उचाई वा वरियता कायम नहुने टिप्पणी गरेका छन् । जनता समाजवादी पार्टी आइतबार निर्वाचन आयोगमा दर्ता हुदा डा. भट्टराईलाई चौथो वरियतामा राखिएपछि सामाजिक संजालमा भएको टिप्पणीप्रति ट्वीट गर्दै अध्यक्ष थापाले यसले भट्टराईको उचाई बढेको बताएका हुन् ।

थापाले डा. भट्टराईसँग धेरै विषयमा आफ्नो मतभेद भएको बताउदै लामो राजनीतिक यात्रा र संघर्षले समाजमा उनको स्थान तय भइसकेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘वरियताको विषयमा बाबुराम भट्टराईलाई केहीले खिसी गरेको पढें । बाबुरामजीसंग धेरै विषयमा मेरो मतभेद छ । तर, उहाँको वरियता र राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन । लामो राजनीतिक यात्रा र संघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ । एकतागर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाई अझै बढेको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट