‘ट्रम्प संसारलाई थर्काउँदै हिंड्थे, बंकरमा लुक्नुपर्यो, मन्त्रीजीहरुले विचार गर्नुहोला’



काठमाडौं । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी कुनै हालतमा पास गर्न नहुने बताएका छन् । आइतबारको संसद बैठकमा खर्च कटौतीको प्रस्ताव पेश गर्ने क्रममा सुवालले जापानको हिरोसिमामा बम खसाल्ने अमेरिकाले काठमाडौंमा खसाल्दैन भन्ने के ग्यारेन्टी छ ? भन्दै एमसीसी पास गर्न नहुने बताएका हुन् ।

उनले बजेटमा विद्युतीय सवारी साधनको कर बढाउने घोषणा हुँदै गर्दा त्यसको सूचना चुहाएर भन्सारबाट गाडी छुटाएको भन्दै सूचना चुहाउनेमाथि कारबाहीको माग गरेका छन् । विजुलीको महसुल घटाएर ग्यास आयात पूर्ण रुपमा बन्द गर्न उनले आग्रह गरे । उनले भने, ‘मन्त्री भएर खुुसी हुने होइन, देश हार्ने विदेशी जित्ने किन ? सात पुस्ता नर्क जाने बारेमा सोच्नु होला । तपाईंका नाती पनातीले कविता लेख्नेछन् मेरा पिता पुर्खा मन्त्री भएर देश बेचेछन् भनेर । त्यसैले एमसीसीमा सही गर्ने मन्त्रीले विचार गर्नुहोला । राणाले नेपालीलाई दमन गरेका थिए पछि भारत भाग्नु पर्यो ।’

गोरखापत्रका पूर्वमहाप्रवन्धकहरुलाई भ्रष्टाचार मुद्दा लाग्ने, आइजिपीहरुको त्यस्तै भएको भन्दै उनले त्यो बेला कुन कुन मन्त्री थिए र उनीहरुले आफ्ना कर्मचारीलाई कस्तो तालिम दिएछन् त्यसका बारेमा छानबिन गर्नुपर्ने बताए ।

मदन भण्डारी विश्वविद्यालयलाई अर्बौं रुपैयाँ बजेट छुट्याउने तर ख्वप इन्जिनियरिङ कलेजको विधेयक पेश नभएको भन्दै आपत्ति जनाए । उनले भने, ‘मोदी हिन्दूवादी हुन् विचार गर्नुहोला्, इटलीको शासकलाई क्याथोलिक चर्चले समर्थन गर्यो पछि क्याथोलिक देश जति हाम्रो हो भन्दै हिंड्यो ।’ दुई दुई जना सचिव राख्ने मन्त्रीहरुका बारेमा छानबिन गर्न उनले माग गरे ।

उनले समाजवाद कागजमा लेखेर नहुने बताए। उनले भने,‘कारखानाको सूची लेखेर उद्योग चल्छ ? समृद्धि लेखेर समृद्धि हुन्छ ?’ भन्दै प्रश्न गरेका छन् । उनले प्रधानमन्त्री कार्यालय सिंहदरबार, बालुवाटार र शीतलनिवास ठगको घेराबाट मुक्त गर्नुपर्ने बताए । पार्टी कार्यकर्तालाई पार्टी कार्यालयमा भेट्नुपर्ने भन्दै ठग कार्यकर्ताबाट मुक्त गराउन आग्रह गरे ।

राष्ट्रपति र उपराष्ट्रिलाई राजशी ठाँटमा राख्न नहुने भन्दै बजेट घटाउन माग गरे । छोराछोरी जन्माएर विदेशी सेना बनाउने हो ? भन्दै उनले गोर्खा सैनिक भर्ती बन्द गर्नुपर्ने बताए । उनले भने,‘ट्रम्प संसारलाई थर्काउँदै हिंड्थे, बंकरमा लुक्नुपर्यो मन्त्रीजीहरुले विचार गर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट