कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, २,३०० संक्रमित
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । दोखखाका ७६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । त्यसैगरी संक्रमितको संख्या २३०० पुगेको छ ।
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । दोखखाका ७६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धनकुटामा १, सप्तरीका १, ताप्लेजुडमा ३, झापाका १ जनामा, पाँचथरका १, सुनसरीका ७, पर्साका ७ जना, दैलेख १, सल्यान २, मोरङका २, झापाका १, तेह्रथुम १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६७, पाल्पाका २ जना, रुपन्देहीका २६ जना, दैलेखका १३, कालीकोटका ७ जना, दाङका ५, प्यूठान २ जना, सल्यानका एक, धनुषाका १, कपिलवस्तुका २, काठमाडौंका ३, नवलपरासीका ८ जना, रौतहटका ११, रुपन्देहीका १, सर्लाहीका १५ र सिन्धुपाल्चोकका १ जनामा कारोना संक्रमण भएको हो ।
योसँगै संक्रमितको संख्या २, ३०० पुगेको छ । जसमा पुरुष २, १३० र महिला एक सय ७० जना छन् । त्यस्तै कोरोना संक्रमण ६४ जिल्लामा फैलिएको छ ।