रुपन्देहीबाट २५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज



रुपन्देही । रुपन्देहीको भैरहवास्थित भीम अस्पातालबाट कोेरोना भाइरसलाई जितेर २५ जना घर फर्किएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य महाशाखाका प्रमुख डा.उमाशंकर चौधरीका अनुसार निको भएर फर्किएकाहरु धेरै जसो कपिलबस्तुका छन् । योसंगै प्रदेश ५ मा निको भई घर फर्किनेहरुको संख्या ७१ पुगेको छ ।

प्रदेश पाँचमा संक्रमितको संख्या पाँच सय ५० छ । यसअघि बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप ४ जना संक्रमीत आइतबार डिस्चार्ज भएका थिए । डिस्चार्ज भएकाहरु उनीहरु कपिलवस्तु र रुपन्देहीका छन् । त्यसअघि पनि यही अस्पतालमा उपचार गरेका ११ जना निको भई फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठेकेदारको लापरबाहीले रामेछापको कोलन्जोर घाटको पुल अलपत्र

मन्थली । रामेछापको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन ।

‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’

–सागर गिरी, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको