बजेट परम्परागत रुपमा आयोः बाबुराम भट्टराई



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको बाटो समाउने बजेट आएको भन्दै आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । सरकारले बजेट सार्वजनिक गरेपछि बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले बजेट निकै सन्तुलित आएको पनि बताए । उनले जनतालाई राहत दिने, सिर्जनात्मक ढंगले आएको र यसबाट आफू खुसी रहेको बताए । उनले निम्न बर्गलाई राहत दिनेगरि बजेट आएको तर्क गरे ।

त्यस्तै पूर्वअर्थमन्त्री एवं काग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले बैदेशिक रोजगारबाट फर्कने नेपालीहरुका लागि उल्लेख्य कार्यक्रम नआएको बताए । बजेटले निजी क्षेत्रलाई पनि उत्साहित गर्न नसक्ने उनको भनाई थियो ।

त्यस्तै जनतासमाजवादी पार्टीका नेता उपेन्द्र यादवले पराम्परागत बजेट आएको आरोप लगाए । उनले कोरोनापछिको अवस्थामा जनशक्ति र सामग्री अभावलाई पूर्ति गर्न बजेट अपर्याप्त रहेको जिकिर गरे ।

त्यस्तै कांग्रेस कांग्रेसका नेता एवं छायाँ अर्थमन्त्री डा मिनेन्द्र रिजालले बजेटपछि सरकार र अर्थमन्त्री पूर्णत असफल देखिएको तर्क गरे । नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले बजेटले अहिलेको आवश्यकतालाई सम्बोधन गरेको बताए । व्यापक रुपमा कोरोना फैलिरहेको बेला यसको सामना कसरी गर्ने, स्वास्थ्य समस्या कसरी सम्बोधन गर्ने, रोजारीको समस्या कसरी सम्बोधन गर्ने र कृषि क्षेत्रलाई कसरी गर्ने भन्ने कुराहरु बजेटमा सम्बोधन भएको उनले बताए ।

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बजेट परम्परागत रुपमा आएकाले वर्तमान समस्याको समाधान नगर्ने बताए । वित्तीय व्यवस्थापनको क्षेत्रमा सिद्धान्तको रुपमा ठिक रहेको उल्लेख गर्दै उनले कोरोना महामारीबाट न्यूनिकरणको लागि गरिएको व्यवस्था, व्यवसायीलाई राहत दिने, रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रमा प्राथमिकता दिने कुरा कार्यान्वयनमा जान कठिन हुने गरी बजेट ल्याइएको बताए । बजेट चालु आर्थिक वर्षको भन्दा कम भएको र राजस्व समेत घटेको अवस्थामा विशेष क्षेत्रलाई बढी लक्षित गरेर बजेट ल्याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जो आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीमा गए

काठमाडौँ । काठमाडौंका एक व्यक्ति श्रीमतीको हत्या गरी प्रहरीमा गएर आत्मसमर्पण गरेका छन्

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

इनार खन्ने क्रममा निसास्सिएर भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ