संविधान संशोधनको बिषयमा कांग्रेसले पार्टीभित्र विस्तृत छलफल गर्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले संविधान संशोधनको बिषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले संविधान संशोधनको बिषय गम्भीर भएको भन्दै यस बिषयमा पार्टीभित्र बिस्तृत छलफल गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारले संविधान संशोधन प्रस्ताव सदनमा प्रस्ताव गरेको भन्दै अब केन्द्रीय समिति बैठकबाटै संविधान संशोधनका बारेमा आधिकारीक धारणा तय हुने जानकारी दिए । त्यस्तै बैठकले नेपालको सीमा रक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली भूमि फिर्ताका लागि उच्चस्तरिय कुटनीतिक र राजनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

त्यस्तै बैठकले कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन गम्भीर नभएको निष्कर्ष निकालेको छ । मुलुकभर कोरोना जाँचको दायरा बढाउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता शर्माले बताए । बैठकले भारत लगायत अन्य देशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याई उपयुक्त स्वास्थ्य जाँचसहितको तयारी गर्न पनि सरकारको ध्यानाकर्षाण गराउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा

यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन