नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले टेकु अस्पताललाई दियो स्वाब कलेक्सन बुथ



काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले टेकु अस्पताललाई आधुनिक स्वाब कलेक्सन पीपीई बुथ उपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९)को नमुना संकलनका लागि प्रयोग गर्न इन्जिनियर्सहरुले स्वाब कलेक्सन पीपीई बुथको निर्माण गरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई उपलब्ध गराएका हुन् ।

करिब १ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त बुथ बिहीबार नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले अस्पताललाई उपलब्ध गराएको छ । आधुनिक प्रविधिको प्रयोग गरि निर्माण गरिएको उक्त बुथमा बिरामी र स्वास्थ्यकर्मी बीच संबाद गर्न माइक जडान गरिएको छ । यस्तै बुथमा हावा पास गर्नको लागि पछाडिपटिको भागमा पंखा जडान गरिएको छ ।

बुथ हस्तान्तरण कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशका अध्यक्ष नन्द बन्जाडेले कोभिड–१९ सँग अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको जोखिम न्यूनिकरणका लागि इन्जिनियर्सहरुको समेत भूमिका होस् भन्ने उद्देश्यले बुथ निर्माण गरी उपलब्ध गराइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । सरकारले सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

राजावादी समूहद्वारा उपत्यका बन्द घोषणा

काठमाडौं । राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए

ललितपुरको जावलाखेलमा देखाइयो भोटोजात्रा(फोटोफिचर)

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले भोटोजात्रा अवलोकन गरेका छन् । उनी आइतबार अपरान्ह