नयाँ निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा राख्नुपर्छः अध्यक्ष लोहनी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले १८१६ को सन्धि वमोजिम नेपालका नक्सा जारि गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत अध्यक्ष लोहनीले सरकारको निर्णयको स्वागत गर्दै सरकारलाई चार सुझाव दिएका छन् ।
सम्माननीय रास्ट्रपतिको सम्बोधन बमोजिम लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्र नेपाल को बेलायत सग भएको १८१६ को सन्धि बमोजिम नेपालको नक्सामा राख्ने निर्णय हुनु स्वागत योग्य हो अब निम्न कार्य गर्न मेरो सुझावः

दोस्रो जनआन्दोलनपछि २०७२ को संविधानको अनुसूची ३ मा नेपाल सरकारको निशान छापमा राखिएको नेपालको नक्सा मा १८१६ देखि कायम भएको लिम्पियाधुरा क्षेत्र छुटेको छ । यो बिगत १४ वर्षदेखिको ठूलो त्रुटी हो । नयाँ निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अब राखिनु पर्दछ ।

त्यस क्षेत्रमा ससस्त्र प्रहरी बलको पछाडि नेपाली सेना तैनाथ गरिनु पर्दछ ।

त्यस क्षेत्रमा जनतालाई आवश्यक नेपाल सरकारको कार्यालयको उपस्थिति राम्रो हुनेछ ।

त्यस क्षेत्रमा यातायातले विशेष ध्यान दिई जनता लक्षित अन्य विकास कार्यक्रम आउँदो वर्षदेखि विशेष चासो राखी लागू गर्नुपर्दछ । त्यहाँका नेपाली जनताले राज्यबाट अहिले जस्तो उपेक्षित भएको महसुस गर्नु नपरोस् । यो बँुदामा यसपालीको बजेटले ध्यान देओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा

यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन