‘अब कालापानी कब्जा गरेर बसेको भारतीय सेना हटाउन साहसिलो कदम उठाउनुपर्छ’



काठमाडौं । नेकपा मसालले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतलाई नेपालमा सामेल गरेर प्रकाशित गरेको नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिएको छ । महामन्त्री मोहनविक्रम सिंहले मंगलबार विज्ञप्ति जारी गरी नयाँ नक्सा स्वीकृत गरेकोमा धन्यवाद दिएका हुन् ।

उनले अब भारतले भूमि फिर्ता नगरे यो मुद्दा अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताएका छन् । मसालले भनेको छ, ‘सरकारले यही प्रकारले सीमासम्बन्धी अन्य विवाद तथा कालापानीमा कब्जा गरेर बसेको भारतीय सेनालाई नेपालको भूमिबाट हटाउन पनि शाहसिलो कदम उठाउनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । त्यस सन्दर्भमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेतबारे भारतसित प्रभावशाली प्रकारले पहल गर्दै आवश्यकताअनुसार त्यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने, संयुक्त राष्ट्रसङ्घ वा अन्तर्राष्ट्रिय अदालतमा लैजाने तथा नेपालको मु्द्दाको पक्षमा विश्व जनमत तयार पार्न सरकारले पहल गर्नेछ भन्ने पनि हामीले आशा गरेका छौँ ।
नीति र कार्यक्रममा एमसीसीलाई समावेश गरिएकोमा हाम्रो पार्टीले पहिले नै गम्भीर आपत्ति प्रकट गरेको छ । हामीले त्यसलाई नीति र कार्यक्रमबाट हटाउनको लागि माग गर्दछौँ । त्यसो नगरिएमा हामीले सरकारलाई दिएको समर्थन कायम राख्दा राख्दै पनि सदनमा प्रस्तुत गरिएको नीति र कार्यक्रमलाई समर्थन नगर्ने कुरा स्पष्ट गर्न चाहन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

हेटौंडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली