भारतीय सेना प्रमुखको अभिव्यक्ति उत्तेजनात्मक रहेको संसदीय समितिको ठहर, खण्डन गर्न सरकारलाई निर्देशन



काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नराभनेले दिएको अभिव्यक्तिको खण्डन गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको सीमा क्षेत्रका सम्बन्धमा भारतीय सेनाध्यक्ष नराभनेले दिएको अभिव्यक्ति गैरजिम्मेवार र उत्तेजनात्मक रहेको पनि ठहर गर्दै अभिव्यक्तिको खण्डन गर्न निर्देशन दिएको हो ।

, ‘भारतद्वारा अतिक्रमण गरिएका लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्तिको कूटनीतिक तहबाट खण्डन गर्ने ।’ निर्देशनमा भनिएको छ । भारतीय सेनाध्यक्ष नराभनेले जेठ दुई गते नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा लिपुलेकको विषयमा कुनै विवाद नभएको तर नेपाल अरु कसैको इशारामा विरोधमा आएको अभिव्यक्ति दिएका थिए ।

भारतले नेपाली भूमिमा अतिक्रमण गरेर सडक निर्माण नगरेको दाबी गर्दै उनले भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको र त्रिदेशीय विन्दुको विषयमा कुनै विवाद नभएको दाबी गरेका थिए । नराभनेले नाम नलिई चीनको उक्साहटमा नेपालमा विरोध भएको भन्नतर्फ संकेत गरेका थिए । भारतले उत्तराखण्डको धार्चुला हुँदै नेपाली भूमि लिपुलेक अतिक्रमण गरी चीनको मानसरोवरसम्म जाने सडक निर्माण गरेपछि विवाद अहिले बल्झिएको छ । वैशाख २६ मा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले उक्त सडक उद्घा गरेपछि नयाँ विवाद सृजना भएको छ ।

सरकारले आफ्नो भूमि मिचेर भारतले सडक निर्माण गरेपछि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्सा जारी गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

हेटौंडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली