भारतले भूमि अतिक्रमण गरेको विरोधमा नेविसंघद्वारा प्रदर्शन



काठमाडौं । नेपाली भूमि हुँदै भारतले बनाएको सडकको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विरोध प्रदर्शनमा निस्केका संघका एक सय भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको हो । फरक फरक समूह बनाई नाराजुलुस गर्दै माइतीघरमा पुग्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

विरोध प्रदर्शनका क्रममा संघका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्रीहरु बलदेव तिमिल्सेना,उर्मिला थपलिया, दीपक भट्टराई , युवराज पाण्डेय, प्रभात दाहालसहितका विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारको उदासिनताकै कारण भारतले हस्तक्षेप बढाएको भन्दै सरकार विरोधी नारा लगाएका थिए । यसैबीच नेपाली कांग्रेसले नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समयमा काम नगर्ने नौ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

नेपाल इयूको सुरक्षा सूचीबाट छिट्टै हट्ने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. विनोदप्रकाश सिंहले नेपाल