‘बुद्धको शिक्षा बालुवाटारको भीड र गाईजात्रालाई झन् आवश्यक’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले बुद्धको शिक्षाअनुरूप आसक्ति र अविद्यालाई जितेर महाव्याधीको बेला मानव समाजलाई दुःखबाट उन्मुक्ति दिनु पर्ने बताएका छन् ।

दुःख सत्य हो र बुद्धले देखाएको बाटो पहिल्याएर दुःखलाई परास्त गर्नु पर्ने राणाले बिहीबार बताए । बुद्धको शिक्षा बालुवाटारको भीड र गाइजात्रालाई झन् आवश्यक रहेको भन्दै सरकार र सत्तासीन पार्टी नेतृत्वलाई मन, आचरण र मार्गचित्र परिवर्तन गर्न उनले सुझाव दिए ।

बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा शुभकामना दिँदै राप्रपा अध्यक्ष राणाले भने, ‘बुद्धले भनेझैं दुःखको जड आसक्ति र अविद्या हो । दुःखमुक्तिको उपाय चुनेर बुद्ध बन्ने कि पिडामा फसेर अज्ञानी रहने, निर्णय हाम्रो हो । बुद्ध पूर्णिमामा बुद्धको शिक्षा यसैले मननीय छ । बालुवाटारको भीड र गाइजात्राका हकमा अपरिहार्य छ । यही कामनासाथ बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना ।’

कोरोना प्रकोपबाट मानव जातिमाथि चुनौति आइपरेको भन्दै राणाले बुद्धका चार आर्यसत्यमा उल्लेख शिक्षालाई मनन् गर्नु पर्नेमा जोड दिए ।

‘कोभिड–१९ बाट मानव समाज उथलपुथल भएको छ । दुःख आफैंमा नकारात्मक अवसान होइन,’ उनले ट्वीट गर्दै भने । ‘बुद्धका चार आर्यसत्यमा उल्लेख भएझैं, दुःख छ, दुःखको कारण हुन्छ, दुःखको अन्त्य छ र दुःख अन्त्य गर्ने मार्ग छ भन्ने बोध हाम्रो शिक्षाको सत्य बन्न जरूरी छ । ताकि मनलाई, दुःखलाई जित्न सक्ने सदबुद्धि मिलोस् ।’

त्यसैगरी अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि २५६४औ बुद्ध जयन्ती को उपलक्ष्यमा नेपाल लगायत विश्वभरका सवैमा शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘भगवान बुद्ध को जन्मघर नेपाल हो र हाम्रो देश संसारभरिका बुद्ध मार्गिहरुको पवित्र तिर्थस्थल हो । बुद्धका अनमोल वाणिहरुले सधै र सवैका लागि शान्ति,सन्तुलन,सहकार्य र मानव सम्वेदनशी’लताका उज्यालो सत्मार्गहरु निर्देश गरिरहेका हुन्छन् । आजको यस अवसरमा नेपाली जनताको सेवा र समुन्नति को लागि प्रतिवद्द हुदै समस्त मानव जातिको कल्याण को कामना गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समयमा काम नगर्ने नौ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

नेपाल इयूको सुरक्षा सूचीबाट छिट्टै हट्ने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. विनोदप्रकाश सिंहले नेपाल