सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन नसक्नु अलोकतन्त्रिक र निरङ्कुश चरित्रः भीम रावल



काठमाडौं । सांसदहरुले विदेशमा रहेका नेपाल नागरिकलाई स्वदेश फर्काउनुभन्दा पहिले नेपालमै स्वास्थ्य पूर्वाधार चुस्त राख्न सरकारलाई सुझाव दिएका छन् । बुधबार बसेको संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनीहरुले बिदेशस्थीत दुतावासले नेपालीहरुलाई उचित व्यवस्था गर्नुपर्ने समेत बताए ।

त्यस्तै सांसदहरूले भारतीय सीमा क्षेत्रमा डेढ महिनादेखि नागरिक बसिरहे पनि सरकारले प्रवेश निषेध गरेको भन्दै असन्तुष्टि समेत जनाए । बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लामो समय क्वारेन्टाइनमा बसिसकेका तर अहिले समस्या रहेका र विभिन्न प्रयोजनमा रहेका नागरिकहरूलाई नेपाल ल्याउन सकिए राम्रो हुने बताए ।

यद्दपी उनले नेपालमा स्वास्थ्य परीक्षणको उचित व्यवस्था हुनुपर्ने बताए । उनले सीमा नाकामा पनि स्वास्थ्य परीक्षणमा बिशेष ध्यान दिनुपर्ने बताए । सांसद भीम रावलले सीमा क्षेत्रमा अलपत्र नागरिकलाई नेपाल ल्याउन नसक्नु अलोकतन्त्रिक र निरङ्कुश चरित्र भएको बताए । सांसदहरुले रेमिट्यान्सबाट तलब भत्ता खाने तर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न नसक्ने भन्दै प्रश्न गरेका थिए ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अधिकारीहरुले चार लाख सात हजार नागरिक नेपाल फर्किन सक्ने तथ्याङ्क पेश गरेको थियो । मलेसिया, कतार, साउदी अरब, बहराइन, ओमान, कुवेतलगायतमा अप्ठेरो अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउनका लागि पूर्वतयारी भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

हेटौंडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद