स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा कोरोना भाइरसको जिनको अध्ययन गर्ने



काठमाडौं । नेपालमा कोरोना भाइरसको जिनको अध्ययन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफल सुरु गरेको छ । कोरोना भाइरसका विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइने छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालले नेपालमा आएको जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न थालिएको जानकारी दिएका छन् । उनका अनुसार कोरोना भाइरसका कारण अरू देशमा महामारी फैलिएको र बिरामीको ज्यान जाने अवस्था आएको तर नेपालमा भने सङ्क्रमितको अवस्था सामान्य रहेकाले जिनको अनुसन्धान गर्न थालिएको हो ।

अध्ययनका लागि नेपालमा रहेका भाइरोलोजीमा काम गरिरहेका जिन विज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरिएको छ । अहिलेसम्मको अध्ययनले नेपालमा कोभिड–१९ को लक्षणविना नै सङ्क्रमण देखिएको छ । कुन चाहिँ जिनले मानिसमा सङ्क्रमण भइरहेको छ अध्ययनपछि पुष्टि हुने उनले बताएका छन् ।

परिषद्ले सङ्क्रमितहरूकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने छ । जिनको अध्ययन गरेर नेपालमा रहेको जिनको तहगत वर्गीकरण गरिनेछ । जिन पत्ता लगाएपछि कोरोना भाइरुसको उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समयमा काम नगर्ने नौ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

लहानमा दुई अर्बको लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा। लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल