पूर्वयुवराज पारस भन्छन्-मेरा बारेमा भ्रामक समाचार लेखेर पेट पाल्नेलाई मेरो केही भन्नु छैन



पूर्व युवराज पारश शाहले आफू स्वस्थ्य रहेको र आफूलाई हार्टअट्याक नभएको स्पष्ट पार्नु भएको छ । आफूले आफ्नो स्वास्थ्यका बारेमा सुनेका नकारात्मक कुरालाई स्पष्ट पार्न चाहेको उहँले बताउनु भएको छ । मलाई केही भएको छैन । म हार्टअट्याक आउने मान्छे नै होईन । उहाँले फेसवुक लाईभमा भन्नु भएको छ ।

आफ्ना बारेमा बिभिन्न व्यक्तिसँग जोडेर भैरहेका अनर्गल प्रचारहरुको पनि पूर्व युवराज पारशले खण्डन गर्नु भएको छ । आफूसँग एटिएम नै नभएकोले एटिएमबाट पैसा चोर्ने कुरै नभएको उहाँले बताउनु भएको छ । केही अनलाईन मिडियाहरुले युवराज पारशको एटीएमबाट पैसा चोरी भएका भ्रामक समाचारहरु लेखेका थिए ।

केही मिडियाले आफ्नो बारेमा भ्रामक समाचार बनाएर आफ्नो पेट पाल्ने खेती गरेकोमा रोष प्रकट गर्दै आफूलाई बेचेर पेटपाल्ने मिडियाप्रति उहाँले सहानुभुति पनि प्रकट गर्नु भएको छ । अनौपचारिक भाषा शैलीमा प्रश्तुत हुनु भएका युवराज पारशको अंग्रेजीमिश्रित आवाज र हाउभाउ लाईभमा देखिएको छ ।

दाह्री पालेर टिसर्टमा नयाँ गेटअपमा देखा पर्नु भएका युवराज पारशले अव्यवस्थित पारामा फेसबुक लाईभ गर्नु भएको छ । उहाँका वरिपरि साथीभाईहरुको पनि उपस्थिति देखिएको छ ।

कोरोना भाईरसको सम्भावित संक्रमण रोक्न सरकारले देशव्यापी लागू गरेको लकडाउनका कारण पूर्व युवराज पारश पर्यटकीय नगरी पोखरमा रहनु भएको छ । पछिल्ला चार दिनदेखि आफूहरु पार्टीमा मस्त रहेको र आफूलाई कुनै स्वास्थ्य समस्या नरहेको जानकारी उहाँले सामाजिक सन्जाल मार्फत नै दिनु भएको छ । पछिल्ला दिनमा फेसवुकमा निकै सक्रिय देखिनु भएका पूर्व युवराज पारशको अनौपचारिक र अव्यवस्थित प्रचार शैली उहाँको व्यक्तित्वसंग भने मेल नखाने खालको पनि देखिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह तथा रानी कोमल दम्पत्तिले शुभ बिवाहको ५० औं वर्षगाँठ मनाईरहेका बेला राजदम्पत्तिका एकल पुत्र पूर्व युवराज पारश शाह भने पोखरमा साथीभाईसंग रमाईरहनु भएको छ । केही दिन अघि पूर्व राजदम्पत्तिले आफ्नो स्वर्ण बिबाह वर्षको अवसरमा शुभकामना दिने सबै जनप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
हेर्नुहोस् पूर्वयुवराज पारश शाहको पछिल्लो भिडियो जस्ताको त्यस्तैः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा

यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन