राजपा नेपाल र समाजवादी पार्टीबीच एकता, पार्टीको नाम ‘जनता समाजवादी’



काठमाडौं । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएको छ । भट्टराई निवास विशालनगरमा भएको लामो छलफलपछि बुधबार मध्यरातमा दुइ पार्टीबीच एकता भएको हो ।

एकताको सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महत्तो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी तथा समाजवादीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राइ र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । एकतापछि एकीकृत पार्टीको नाम जनता समाजवादी पाटी,नेपाल रहने छ । यसअघि पटक पटक छलफल भएपछि एकता हुन सकेको थिएन । दल विभाजन खुकुलो हुनेगरी आएको अध्यादेशको त्रासले मध्यरात राजपा र समाजवादी पार्टीबीच एकता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुशासनविरुद्ध एकीकृत समाजवादीद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा

किन चाहियो पूर्वविशिष्टलाई आजीवन सुविधा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताएका

बाँकेमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा

यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी