अखाद्य राहत सामग्री वितरण गरेको अभियोगमा कलैया उपमहानगरपालिकाका मेयर पक्राउ



काठमाडौं । लकडाउनका बेला समस्यामा परेका नागरिकलाई गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट पक्राउ गरेको हो ।

मेयर रायले राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका खाद्यबस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मेयर रायलाई अहिले जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ । कलैया उपमहागरपालिकाका वडा नम्बर २२ मटिअरीया, वडा नम्बर ७ र २० मा चैत २८ गते वितरण गरिएको चामल, दाल कुहिएको भेटिएको थियो । राहत लिएकाहरुले फिर्ता गर्दै वितरण गर्नेलाई कारवाही माग गरेका थिए । राहत वितरण कार्यमा संलग्न सातजनालाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापाको गौरीगञ्जमा चट्याङ लागेर दुई जनाको मृत्यु

झापा । मंगलबार विहान चट्याङ लागेर झापामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु

चार दशकमा पनि कलुवापुर–बेलौरी सडक नबनेकोमा बेलौरीबासीको दुखेसो

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनुवाइ कार्यक्रम

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

ढोरपाटन । दुई जिल्ला जोड्नेगरी १९ वर्षअगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ

तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

रामेछाप । तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ ।