न्यून आय भएका नागरिकलाई विशेष सहयोग गर्न सरकारलाई सुुझाव



काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र कानुुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफे बीच आइतबार छलफल भएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति, सरकारले चालेका कदमहरु र संघीय संसदले खेल्न सक्ने भूमिकाका विषयमा केन्द्रित रहेको थियो ।

छलफलमा सभामुुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका गरिरहेका कामहरु उपयुक्त रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेल्न सुुझाव दिए ।
उहाँहरुले न्यून आय भएका, दैनिक ज्यालादारी मजदुरका विषयमा गम्भीर हुन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पनि सरकारलाई सुुझाव दिए ।
काननुनमन्त्री तुम्बाहाङफेलाई चैत्र २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसंग समन्वय गर्ने जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर