आफ्नै निर्णयमा यसरी चिप्लियो सरकार



काठमाडौं । बिहीबार दिउँसो सरकारले काठमाडौं उपत्यकाबाट गाउँ फर्किन चाहनेलाई शुक्रबार र शनिबार जान दिने भन्दै समाचार सार्वजनिक भयो । ईश्वर पोखरेल संयोजक रहेको कोभिड १९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यस्तो निर्णय गरेको भन्दै समाचार सार्वजनिक भयो ।

समितिको बैठकले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेज र स्वास्थ्य मन्त्रालयको अधिकारिक फेसबुक पेजमा यो सूचना राखियो । त्यसपछि सबै संचारमाध्यमले समाचार प्रकाशन तथा प्रसारण गरे । तर त्यसको एक डेढ घण्टापछि फेरि सरकारबाट यस्तो निर्णय भएको छैन भन्दै समिति संयोजक पोखरेलले विज्ञप्ती जारी गरे ।

‘ भोली र पर्सी ( २८-२९ चैत्र , २०७६ ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ । यस किसिमको कुनै निर्णय नभएको , कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ ( लक डाउन ) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।
– ईश्वर पोखरेल
संयोजक
‘ कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति

त्यसपछि सुरु भयो संचारमाध्यमलाई खेद्न । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले लेखे, ‘लकडाउन भनेको लकडाउन नै हो । भोलि र पर्सी उपत्यका बाहिर जान पाइने भन्ने होइन । “समाचार“को भ्रममा नपर्नुहोला ।’
तर उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र स्वास्थ्य मन्त्रालयको फेसबुक पेजमा राखिएको सरकारको निर्णयका बारेमा भुलेछन् । तर पछि यो सूचना सरकारले डिलिट गरेको छ । हेर्नुस् त के लेखिएको थियो सरकारी फेसबुक पेजमा
गृह मन्त्रालयले जारी गरेको विज्ञप्ती

सरकारको गल्ती भएको थाहाँ हुँदाहुँदै पनि ७० करोड घुसकाण्डको आरोप लागेका पूर्वमन्त्री गोकुल बास्कोटा राति भइसक्दा पनि यसरी ट्वीटमा खेद्दै थिए । हेर्नुस् त बास्कोटाको ट्वीट, ‘वाह ! कलियुगका परमसत्य मेडिया,मेडिया,मेडिया र तीनका भरपर्दाे श्रोतले बताए अनुसारका अकाट्य समाचारहरुको सही सूचनाको उर्लदो भेल । माँने बा ! तरक्की पनि कति जानेका मैले त पहिल्यै देखि चित खाए थे ।’
तर सरकारको यस्तो निर्णयपछि त्यसको सर्वत्र विरोध भएको छ । मिडिया रिसर्चका अध्येता भानुभक्त आचार्यले सरकारी निर्णयप्रति व्यंग्य गरेका छन् । उनले भनेका छन्, निर्णय भएको कुरा आधिकारिक पेजमा हाल्ने, हतारहतार निर्णय फिर्ता लिने, अनि मिडयालाई दोष लगाउने ? अझ केही सरकारी हल्लाकारहरुले मिडिया खतम भन्दै लेखेको फेसबुक स्टाटस देखेर पो लाज लाग्यो । हुन त प्रधानमन्त्रीभन्दा उपप्रधानमन्त्री जान्ने । उपप्रमभन्दा मन्त्री जान्ने । ती भन्दा बढी तिनका आसेपासे जान्ने । लास्टमा उत्तानो परेर लकडाउन । ढाँटेको कुरा काटे मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ) ।  राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको

इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने