अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द गर्ने उच्चस्तरीय समितिको निर्णय



काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान र अवतरण थप १५ दिन स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले बैशाख १८ अर्थात् अप्रिल ३० तारिकसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको हो । बैठकले आन्तरिक उडानका बारेमा भने छलफल जारी नै रहेको बताएको छ ।

अन्य देशमा कोरोनाको संक्रमण कायमै रहेको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै उडान थप बन्द गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

यसअघि समितिले बैशाख तीन गतेसम्म अन्तर्राष्टिय हवाई उडान रोक्ने निर्णय गरेको थियो । उनले मेडिकल सामानहरु नेपाल सरकारले बिशेष परिस्थितिमा अपनाउने बिधिका आधारमा खरिद गर्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक सामानको पहिचान गरि नेपाली सेनामार्फत जि टु जी सम्झौतामा खरिद गर्ने निर्णय भएबमोजिम काम अघि बढिरहेको बताए ।

बैठकले लकडाउनका अवधिमा एक लाख १४ हजार तीन सय १६ बिपन्न परिवारलाई राहत बितरण भएको र ३०५ सय ६ जना क्वारेन्टाईमा रहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुशासनविरुद्ध एकीकृत समाजवादीद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा

किन चाहियो पूर्वविशिष्टलाई आजीवन सुविधा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताएका

बाँकेमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा

यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी