मोबाइल एपले अब यसरी गर्नेछ क्वारेन्टाइनमा रहेका व्यक्तिको अनुमगन



काठमाडौं । कोरोना भाइरस संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेका व्यक्ति भागेको खण्डमा त्यसको खबर अब प्रहरीलाई हुने भएको छ । क्वारेन्टाइनमा रहेको व्यक्ति भागेमा तत्काल प्रहरीलाई खवर हुने मोबाइल एप सञ्चालनमा आएको छ । सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खवर दिने विशेषता सहितको कोभिड—१९ साथी एप सञ्चालनमा ल्याएको हो ।

जियो फेन्सिङ तथा अनुहार पहिचान प्रणाली भएको एपमा क्वारेन्टाइन्मा रहने व्यक्तिको फोटो र फोन नम्बरको माध्यमबाट अनुगमन गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीरकण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । ‘होम क्वारेन्टाइन’ वा सार्वजनिक क्वारेन्टाइनमा राखिएका व्यक्ति सीमित दायराबाट बाहिर गएमा तत्काल जिल्ला आपतकालिन केन्द्र, प्रहरी तथा अन्य आपतकालिन निकायमा ‘अलर्ट’ बज्ने उनले बताए ।

त्यस्तै उनीहरुको दैनिक स्वास्थ्य स्थिति ज्वरोको विवरण राखेर सम्बन्धित निकायमा त्यसको जानकारी पुर्याउने विशेषता एपमा समावेश गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले विपद विरुद्ध विजय प्राप्त गर्न मोबाइल एपबाट गरिने अनुगमनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यसैगरी कोभिड—१९ को तथ्याङ्क तथा सूचनाहरु सबै प्रदेश, जिल्ला र स्थानीय तहले हेर्न सक्ने गरी वेवसाइट पनि सञ्चालनमा आएको छ । एकीकृत तथा भू—सान्दर्भिक राष्ट्रिय कोभिड—१९ ले सूचना प्रणालीको माध्यमले सूचना तथा तथ्याङ्कको दैनिक संकलन, विश्लेषण, भण्डारण र सम्प्रेषण गर्नेछ । covid19.ndrrma.gov.np लगइन गरेपछि त्यहाँबाट सबै सूचना प्राप्त गर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीले स्थापना गर्यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आर्थिक अपराध अनुसन्धान गरी दोषीउपर गरिने कानुनी कारबाहीलाई

धवलागिरि आरोहणको ६५ वर्ष पूरा

गण्डकी । संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धवलागिरि

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं । उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही गर्नु प्रेस काउन्सिल

सेती र त्रिशूली नदीमा डुबेर तीनजना बेपत्ता

  काठमाडौं । सेती नदीमा नुहाउने क्रममा बेपत्ता बालकको खोजीकार्यको लागि विपद् व्यवस्थापन