स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी



काठमाडौँ । कोरोना भाइरसको रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले स्वास्थ्यमन्त्री ढकालविरुद्ध बुधबार अख्तियारमा उजुरी दिएका हुन् ।

बजार मूल्यभन्दा चार गुणासम्म महँगो मूल्यमा चीनबाट मेडिकल सामग्री खरिद गरिएको भन्दै पौडेलले अख्तियारमा उजुरी दिएका हुन् । विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालका र्यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको भन्दै पौडेलले छानबिनको माग गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र गुणस्तरहीन उपकरण किनेको भन्दै चर्को आलोचना भइरहेका बेला अख्तियारमा उजुरी परेको हो । मन्त्रालयले भने अहिले बजारमा यस्ता स्वास्थ्य सामग्री नपाइने भएकाले आफूहरुले महंगोका किन्न बाध्य भएको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

हेटौंडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली