अस्पतालबाट डिस्चार्जपछि प्रधानमन्त्री राजनीतिक भेटघाटमा



काठमाडौं । मिर्गौला प्रत्यारोपण गरी शुक्रबार साँझ बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट सुरु गरेका छन् । बालुवाटारमा शनिबार दिनभरिजस्तै प्रधानमन्त्री ओली भेटघाटमा व्यस्त रहे । शनिबार प्रधानमन्त्रीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बालुवाटार गएका थिए ।

भेटमा प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुभएको र मिर्गौला प्रत्यारोपण सफल भएकोमा खुसी व्यक्त गर्नुभएको प्रचण्डको सचिवालयले जनाएको छ । त्यसपछि शनिबारै प्रधानमन्त्रीलाई भेट्न वरिष्ठ नेता माधव नेपाल बालुवाटार पुगेको थियो । भेटमा नेता नेपालले ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

त्यसपछि महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापालगायतसँग प्रधानमन्त्रीले भेट गरेका थिए । भेटमा कोरोना भाइरस रोकथाम तयारीबारे छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी