केही मानिस बसेर गरेको निर्णय स्वीकार्य हुन्नः शेखर कोइराला



गोरखा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले केन्द्रीय समितिको बैठक नै नबसी केही मानिसहरुले गरेको निर्णय आफूलाई स्वीकार्य नहुने बताएका छन् । नेपाल प्रेस युनियनले शनिबार गोरखामा गरेको पत्रकार सम्मेलनमा कोइरालाले केही पदाधिकारी त्यसमाथि पनि पूर्वपदाधिकारीहरु बसेर गरेको निर्णय आफूलाई स्वीकार्य नभएको बताएका हुन् ।

उनले भने, ‘केन्द्रीय समितिमा छलफल नै नगर्ने अनि दुई चार जना पदाधिकारी र पूर्वपदाधिकारी बसेर गरेको निर्णय मलाई स्वीकार्य हुँदैन । पदाधिकारी बसेर मात्रै पनि स्वीकार्य हँुदैन । केन्द्रीय समिति बस्नु पर्यो या कार्य सम्पादन बस्नु पर्यो । कार्य सम्पादन बनेको छैन । अनि दुई चार जना पदाधिकारी बस्यो, पूर्वपदाधिकारीहरु बसे, अनि निर्णय गर्दै जाने र हामीले त्यसलाई स्वीकारेर हिँड्नु पर्यो भने त्यो भन्दा लाजमर्दो कुरा केही पनि नहुने।’

डा.कोइरालालाई गोरखा जिल्लाको प्रशिक्षण रोक्न प्रवक्ता शर्माले शुक्रबार फोन गरेपछि कोइरालाले आक्रोश पोख्दै उक्त कुरा गरेका हुन् । कोइरालाले महाधिवेशनको कार्यतालिका सार्वजानिक भइसकेको बेला जिल्लाको जिम्मेवारी समेत हेरफेर गरेर सभापति शेरबहादुर देउवाले आफ्नो वर्चश्व कायम राख्नका लागि नवलपुरको कार्यबाहक सभापतिलाई फालेर अरुलाई नै जिम्मेवारी दिएको भन्दै यस्तो कार्यले नेपाली काँग्रेस विधि, विधानबाट नचलेको स्पष्ट भएको उल्लेख गरे ।

‘नेपाली काँग्रेस विधि विधानबाट चलेको छैन भन्ने कुरा स्पष्ट देखिन्छ’ उनले भने ‘नेपाली काँग्रेस भागबण्डाबाट चलेको देखिन्छ । भागवण्डा भयो भने सबै कुरा मिलेको देखिन्छ । भागवण्डा भएन भने आफ्नो हिसाबले चलेको देखिन्छ’ नेता कोइराले भने । कोइरालाले नेपाली काँग्रेस प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि चुकेको बताए । प्रतिपक्षमा हामीहरुले खेल्नुपर्ने भूमिका, हामीहरुले जसरी खेल्नुपर्ने हो सदन र सडकमा हामीले खेल्न सकिरहेका छैनौ’ कोइरालाले भने ‘त्यसले कता कता हामीहरु पनि विचलीत भएका हौ कि, कमजोर मानसिकता भएको हो कि भन्ने’ आफूलाई लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना