सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको आर्थिक अनियमितताबारे थप छानबिन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन



काठमाडौं । संसदीय समितिले सुरक्षण मुद्रणसम्बन्धी सरकार–सरकार (जिटुजी) प्रकृया रद्द गरी खुला प्रतिस्पर्धाबाट खरिद गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार संसदको सार्वजनिक लेखा समितिले सरकारले जिटुजी मोडलमार्फत् गर्न लागेको सुरक्षण मुद्रण खरिद प्रकृया रोक्न र त्यसलाई ग्लोबल टेण्डरमार्फत् अगाडि बढाउन निर्देशन दिएको हो ।

त्यस्तै बैठकले सेक्युरिटी प्रेस स्थापना सम्बन्धमा भएको आर्थिक अनियमितताबारे थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समग्र जिटुजी प्रकृयाको उपयोगिता र आवश्यकताबारे मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने र जिटुजी प्रकृयामार्फत् हुने खरिद मोडललाई पुनव्र्याख्या गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै खरिद प्रकृयाको लागत अनुमान तयार पार्ने प्रकृयासम्बन्धी अध्ययन र छलफल निर्णय पनि गरिएको समिति सभापति भरत शाहले जानकारी दिए । बैठकमा सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटामाथि अख्तियारले छानबिन गर्नुपर्ने माग गरेका थिए ।

सांसदहरुले प्रेस खरिद सम्बन्धि टेण्डरमा अपनाइएको ‘जीटूजी’ प्रकृया नै गलत भन्दै उक्त बाटोबाट खरिद नगर्न पनि सुझाव दिएका छन् । प्रेस खरिद प्रकरणमा तत्कालीन मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपाल प्रतिनिधि विजय मिश्रसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि फागुन ८ गते राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

हेटौंडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली