कोरोनाको बढी संक्रमण देखिएका देशका नागरिकलाई प्रवेशाज्ञा नदिइने



काठमाडौं । सरकारले युरोपेली र मध्यपूर्वका कोरोना भाइरसको बढी संक्रमण देखिएका देशका नागरिकलाई प्रवेशाज्ञा रोक्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार साँझ बसेको बैठकले यसअघि विभिन्न ५ देशबाट आउने पर्यटकको प्रवेशाज्ञा रोक्ने निर्णय गरेकोमा बिहीबार युरोपेली र मध्यपूर्वका संक्रमित देशहरुबाट समेत प्रवेशाज्ञा रोक्ने निर्णय गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बढी संक्रमित देशहरुको नाम संकलन भइरहेको जानकारी दिए । तत्काल हवाई उडानहरु कटौती नगर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले संक्रमण भइहाले तयारी गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । क्वारेन्टान सेन्टर, आइसोशेसन कक्ष तथा उपकरणहरुको आपूर्ति बढाउन मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए ।

त्यसैगरी उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि उपकरणहरुको आपूर्ति गर्न पनि समितिले भनेको छ । मन्त्री खतिवडाले तत्काल विद्यालय र परीक्षाहरु स्थगित नगर्ने निर्णय गरिएको बताए ।

आवश्यक परेको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको मेडिकल टिम र मेडिकल कलेज तथा अन्य संघ संस्थाहरुबाट स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्न तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन चाहियो पूर्वविशिष्टलाई आजीवन सुविधा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताएका

बाँकेमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा

यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो