पूर्वडीआईजी खरेलद्वारा ’हाम्रो नेपाल सुशासन अभियान’को घोषणा



काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले ’हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गरेका छन् । बिहीबार आयोजित कार्यक्रममा खरेलले अभियान घोषणा गरेका हुन् ।

अभियान सञ्चालनका लागि खरेलको संयोजकत्वमा केन्द्रीय तर्दथ कार्यकारी परिषद् गठन गरिएको छ । कार्यकारी परिषद्मा पूर्व कामु रक्षासचिव देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेका छन् । अभियान सञ्चालनका लागि विभिन्न कार्यक्रमहरुको पनि घोषणा भएको छ ।

यसका लागि भ्रष्टचार अन्त्यका लागि देशव्यापी रुपमा नागरिक खबरदारी कार्यक्रम गर्ने, सुशानको लागि दबाबमूलक नागरिक कार्यक्रम गर्ने, निर्वाचन प्रणालीमा व्यापक सुधार गरी सदाचार र इमानदारिताको कदर गर्न दबाबमूलक कार्यक्रमहरु गर्ने, नेपाल र नेपालिको हितमा नदेखिएका संवैधानिक प्रावधान र व्यवस्थापनमा सुधार तथा संशोधनका लागि केन्द्रित भई छलफल गरी साझा धारणा बनाउने लगाउने लगायत रहेको छ । अभियानले प्रभाव र प्रलोभनमा गर्ने गराइने धर्म परिवर्तनमा रोक, राजनीतिक अपराधीकरणको अन्त्य लगायतका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा

यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन