म आश्वस्त पार्न चाहन्छु, बजारमा केही कुराको पनि अभाव हुँदैनः आपूर्तिमन्त्री भट्ट



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनैपनि अभाव नहुने स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री भट्टले अत्यावश्यक बस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही गर्ने पनि उनले चेतावनी दिएका छन् ।

मन्त्री भट्टले अहिले बजार अनुगमन एकीकृत रुपमा गरिएको पनि स्पष्ट पारे । उनले वाणिज्य विभाग र औषधी विभागले एकीकृत रुपमा बजारको अनुगमन गरिरहेको सुनाए । उनले भने,‘अहिलेको जनशक्तिले प्रभावकारी रुपमा काम गरिरहेको छ । तर, अझै जनशक्ति थप्नेबारे कुरा पनि भएको छ । यसको लागि हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेका छौं ।’

यसको साथै, बजार व्यवस्थित, कालोबजारी र कृत्रिम अभाव रोक्नको लागि गृह मन्त्रालयसँगपनि समन्वय भैरहेको उनले सुनाए । उनले कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरुमाथि कडा कारबाही गर्नको लागि गृहको सहयोग लिन र उसँग समन्वय गरिनेबारे पनि छलफल भएको स्पष्ट पारे ।

‘कालोबजारी र बदमासी गर्नेहरुलाई कुनैपनि हालतमा उन्मुक्ति दिईँदैन’–उनले भने,‘तिनीहरुलाई सरकारले कुनैपनि हालतमा बचाउँदैन् । हदैसम्मको कारबाही गर्छ । कुनैपनि छुट हुँदैन् ।’मन्त्री भट्टले आफूले आजमात्रै पनि एक औषधी पसलमा गएर स्यानिटाईजेशन माग्दा २० रुपैयाँ आईसीको सामानलाई १५० रुपैयाँको बिल बनाएर पठाएको कुरा औषधी पसलले सुनाएको उल्लेख गरे । उनले भने,‘त्यही भएर मैले त सामान नै नबेचेको भनेर भन्नुभयो । अर्को कुरा १५ रुपैयाँ पर्ने मास्क पनि ५० रुपैयाँको बिल बनाएको पनि उहाँले सुनाउनुभयो । हरेकले आफ्नो ठाउँबाट दायित्व पूरा गर्नुपर्छ ।’

उनले आफूले समेत एक दिनको लागि पुग्ने खाद्यान्न तथा तरकारी ल्याउने गरेको सुनाए । उनले भने,‘आज विहान एकजना सञ्चारकर्मी क्वाटरमा आउनुभएको थियो । उहाँलाई मैले मेरो भान्सामा गएर हेर्न सुझाएको थियो । हामी त विहान चाहिने विहान र बेलुका चाहिने कुरा बेलुका ल्याउने गर्छौं ।’

उनले बजारमा अहिलेपनि नून, तेल, ग्याँसलगायत केहीको पनि अभाव नभएको स्पष्ट पारे । उनले उपभोक्ताहरुले चार महिनालाई पुग्नेगरि स्टक राख्न खोजिएकोले अभावजस्तो देखिएको तर्कसमेत गरे । उनले कुनैपनि खाद्यवस्तु तथा अत्यावश्यक वस्तुको अभाव हुन नदिने अठोट व्यक्त गरे । यदि कसैले कालोबजारी गरेको पाईए सरकारले कडाभन्दा कडा कारबाही गर्ने र कसैलाई पनि नछोड्ने कडा चेतावनी पनि उनले दिए ।

उनकाअनुसार अहिलेपनि आगामी ६ महिनाको लागि पुग्ने औषधि छ । भारत र चीन दुवैतिरबाट हुनसक्ने समस्याको निराकरण गर्न सरकार गम्भिर रहेको सुनाउँदै उनले भारतको नयाँ दिल्लीमा यसको प्रभाव तथा संक्रमण बढेपछि नेपाल सरकार गम्भिर रहेको पनि विश्वास दिलाए । उनले भने,‘भारतसँगका मुख्य–मुख्य ७ वटा नाका तथा भन्सारमा हामीले कडाई व्यवस्था गरेका छौं। त्यहाँ हेल्थ डेस्कपनि राखेका छौं । चेकजाँच पनि कडाईका साथ भैरहेको छ ।’

त्यतिमात्रै नभएर उनले थप २७ वटा नाकापनि पहिचान गरिएको जनाए । ‘ती नाका तथा सीमावर्ती क्षेत्रमा अहिले कडाईका साथ चेकजाँच गर्ने गरिएको छ’–उनले थपे । आफूले हिजो विहानमात्रैपनि चेम्बर अफ कमर्स, सिएनआई, खुद्रा व्यापार महासंघ, फलफूल तथा तरकारी व्यवसाय महासंघ र विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको र उनीहरुले पनि आफुहरु सरकारको अभिन्न अंग भएकोले अनुगमनमा खटिने आश्वासन दिएको मन्त्री भट्टले सुनाए ।

कसैले कृत्रिम अभाव र कालोबजारी गरेको पाईए सरकारले प्रचलित ऐन तथा कानूनअनुसार कारबाही गरिने पनि मन्त्री भट्टको चेतावनी छ । उनले भने,‘सरकार जिम्मेवारपूर्ण लागिपरेको छ । व्यापारी तथा व्यवसायी साथीहरुले पनि हामी राज्य तथा जनताको पक्षमा खडा छौं । मुनाफा गौण कुरा भन्नुभएको छ ।’ यद्धपी उनले कोरोनाको संक्रमणबारे अफवाह फैलाउन काम कसैले पनि गर्न नहुनेतर्फ सबैलाई सचेत गराए ।

उनले थपे,‘अब ठूलो संकट आईपर्छ । र, केही पनि पाईँदैन् भन्नेजस्ता अफवाह फैलाईएको पाईएको छ, यो मनोविज्ञान त्याग्नुपर्छ । हिजो नाकाबन्दीको जस्तो अवस्था आउँछ कि भन्ने सन्त्रास फैलाउने काम बन्द गर्नुपर्छ ।’

उनले भोलिका दिनमा अत्यावश्यक वस्तुमा संकट आईपर्छ कि भन्ने हिसाबले अहिलेदेखि नै उपभोक्ताले होल्ड गर्ने गरेको पनि सूचना आफूहरुकहाँ आईपुगेको सुनाए । उनले भने,‘म आश्वस्त पार्न चाहन्छु, केही कुराको पनि अभाव हुँदैन । तपाईहरु ढुक्क हुनुहोस् । हिजो नाकाबन्दी भनेको अर्के स्थिति थियो । आजको स्थिति फरक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित