पूर्वमन्त्री बास्कोटाविरुद्ध अख्तियारमा उजुरी



काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आइतबार सुनसरीका प्रितम सुवेदी र दोलखाका विजय बाबु सिवाकोटीले अख्तियारमा उजुरी दिएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घुस मागेको अडियो सार्वजनिक भएको उल्लेख गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ अनुसार, कारबाही गर्न माग गरिएको छ ।

ऐनको परिच्छेद २ को भ्रष्टाचारसम्बन्धी कसुर तथा सजाय शीर्षकको दफा ३ (१) मा ‘राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सोसम्बन्धी कुनै काम गर्न वा गरिदिए बापत वा नगर्न रिसवत लिएमा वा लिन मञ्जुर गरेमा देहाय बमोजिमको रिसवत लिनेलाई वा लिन मञ्जुर गर्नेलाई कसुरको मात्रा अनुसार देहाय बमोजिम कैद र बिगो बमोजिम जरिबाना हुनेछ’ भन्ने उल्लेख छ ।

जसमा एक करोड रुपैयाँभन्दा बढी घुसमा आठ वर्षदेखि दश वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ । यससँगै संवैधानिक अंग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा नियुक्त हुने पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सो सरहका पदाधिकारी, सार्वजनिक संस्थाका प्रमुख महाप्रबन्धक वा सो सरहका पदाधिकारीलाई थप सजायको व्यवस्था गरिएको छ ।

निवेदनमा बास्कोटालाई भ्रष्टाचारको कसुरमा छानविन गर्ने प्रष्ट आधार देखिने भएकोले निज उपर आवश्यक छानविन गरी यस ऐनमा व्यवस्था भए बमोजिमको हदैसम्मको कारबाही गर्न माग गरिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका