डिक्यानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न, इन्सपेक्टर र असईका ४५० भन्दा बढी उम्मेदवार सहभागी



काठमाडौँ – डिफेन्स करियर एकेडेमी नेपालले अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ । प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षकमा प्रवेश गर्न चाहने युवाहरुलाई केन्द्रित गरि काठमाण्डौको भृकुटिमण्डप स्थित नेपाल पुलिस क्लवमा अन्तर्कृया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा चार सयभन्दा बढी निरीक्षक तथा सहायक निरीक्षकका प्रत्याशी युवायुवतीहरुको उपस्थिति रहेको थियो ।

प्रहरी अधिकृतमा सेवा प्रवेश गर्ने युवाहरु देशको महत्वपूर्ण संस्थामा रहेर सुरक्षा लगाएत नागरिकसँग प्रत्यक्ष सरोकार राख्दै काम गर्नुपर्छ । अहिलेको नयाँ पाठ्यक्रमले उम्मेदवारहरुको पेशागत सैद्धान्तिक तथा व्यवहारिक पक्षलाई मूल्यांकन गर्ने बताउँदै पूर्व डिआइजी कमल जिटीले युवाहरु शारीरिक, मानसिक र मनोवैज्ञानिक रुपमा सक्षम हुनुपर्ने बताउनुभयो ।

डिक्यानका अध्यक्ष पूर्व प्रहरी वरीष्ठ उपरिक्षक गुप्त बहादुर श्रेष्ठले नेपाल प्रहरीमा प्रवेश गर्न चाहने युवाहरु दक्ष, क्षमतावान र उच्च नैतिक चरित्र भएको हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयाे; अब देश बनाउने युवाले हो, युवाहरुलाई उचित तबरबाट तालीमहरु प्रदान गरि हरेक क्षेत्रमा दक्ष जनशक्ति तयार गर्नुनै अहिलेको आवश्यकता हो ।

Image may contain: one or more people

प्रहरी संगठन आधुनिक प्रविधिसँग जोडिँदै गएको छ । यसले विभिन्न कठिनाइ, अवरोधहरुसँग जुध्दै चौविसै घण्टा जनताको बीचमा रहेर सेवा दिनुपर्ने हुँदा यस संस्थामा प्रवेश गर्न चाहने युवाहरु पनि स्मार्ट हुनुपर्छ । प्रहरी नायब उपरिक्षक रामेश्वर पौडेल थप्नुहुन्छ, यस्ता विविध कुराहरुले गर्दा तपाईँहरु अहिले र आजका दिनबाटनै आफुलाई स्मार्ट बनाउनतिर लाग्नुस् ।

संस्थाले पछिल्लो समयदेखि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्राविधिक र अप्राविधिक तर्फका सम्पूर्ण पदहरुको लागि जागिर खान इच्छुक तथा योग्यता पुगेका क्षमतावान युवाहरुलाई शारीरिक अभ्यास, लोक सेवा आयोगद्धारा लिइने लिखित परीक्षा, व्यक्तित्व विकासका साथै अन्तर्वार्ताको लागि प्रशिक्षण गर्दै आईरहेको छ । विगतमा सुरक्षा निकायका विभिन्न पदहरु सैनिक अधिकृत, इन्सपेक्टर, अनुसन्धान अधिकृत, असई, सैन्य, जवान लगाएत अन्य पदहरुमा हजारौँको संख्यामा युवाहरुलाई सेवा प्रवेश गराउन सफल भइसकेको छ ।Image may contain: 2 people, including Krishna Giri

साथै पछिल्लो पटक सैनिक स्टाफ कलेज तयारी कक्षा, स्याट, प्रि-स्याट लगाएतका व्यवसायिक कोर्स पनि गराउँदै आएको छ । पिछडिएको क्षेत्र, महिला, मधेसी, जनजाति, दलित साथै आर्थिक रुपमा विपन्न वर्गहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरि वढि भन्दा वढि युवाहरुलाई प्रशिक्षण गराउँदै आइरहेको छ ।

सुरक्षा निकायमा सेवा प्रवेशको लागि चारवटै सुरक्षा निकायका पूर्व प्रमुखहरु तथा बरीष्ठ अधिकारी समेतको प्रयासमा एउटा सेवामुखी र व्यवसायिक संस्थाको रुपमा डिक्यानको स्थापना गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्र के.सी. ले कुनै पनि युवाहरुलाई क्षमता पहिचान गरि आवश्यक र सहि तवरबाट मार्गदर्शन गर्ने हो भने छोटो समयमा उनीहरुको उज्ज्वल भविष्यको लागि मार्गप्रशस्त गर्न सकिने बताउनुभयो । साथै युवाहरुलाई जुनसुकै पेशा व्यवसायमा लाग्ने हो भने पनि सल्लाह र सुझाव दिनको लागि डिक्यान सदैव तयार रहेको कुरालाई प्रष्ट पार्नुभयो ।

Image may contain: one or more people and indoor

सञ्चालक तथा पूर्व प्रहरी उपरिक्षक गोविन्द पौडेलले भन्नुभयो- नेपाल प्रहरी एउटा सुरक्षा संगठन भएको हुनाले यसमा आउन खोज्ने व्यक्ति मानसिक साथै शारीरिक रुपमा तन्दुरुस्त हुनुपर्छ । आफ्नो तीस वर्षको अनुभव सुनाउँदै जस्तो सुकै परिस्थितिमा पनि प्रहरी कर्मचारी जोस र जाँगरका साथ जनताको सेवामा खटिनुपर्ने कुरालाई प्रस्ट पार्नुभयो ।

यहाँ अनुभव प्राप्त नेपाली सेना, प्रहरीका अवकाश प्राप्त उच्च अधिकारीहरु, लगाएत अनुभवि विषय विज्ञहरुद्धारा सेवा प्रदान गरिने हुँदा यसले विद्यार्थीहरुमा उच्च मनोबल बनाउँछ । यहाँ अध्ययन गरि छनौट परीक्षामा सहभागी हुने विद्यार्थीले उच्च स्थान हासिल गर्न सफल भएका छन् । साथै यहाँ तालिम लिने विद्यार्थीहरु सुरक्षा निकायमा प्रवेश गरेपश्चात पनि धेरै राम्रो गर्न सक्ने कुरा संस्थाका प्रबन्ध निर्देशक उदय राज ढकालले बताउनुभयो ।

Image may contain: one or more people, crowd and indoor

कार्यक्रममा बोल्दै प्रशिक्षक विश्व कार्कीले सबै विद्यालय, क्याम्पसहरु लगाएत सबै ठाउँहरुमा युवाहरुलाई सचेत गराउनु पर्ने बताउँदै यस्ता खालका कार्यक्रमले युवाहरुमा एउटा सकारात्मक सोचको विकास हुने बताउनुभयो । हाल प्रहरी निरीक्षक पिजिडिपिएस एघारौँ ब्याचमा तालिमरत त्यस समूहको खुल्ला प्रतियेगितामा पहिलो नम्बरमा नाम निकाल्न सफल प्रहरी निरीक्षक कृष्ण गिरी भन्नुहुन्छ- अधिकांश युवाहरु विदेश पलाएन भइरहेका अवस्थामा काँधमा जिम्मेवारी बोकेर देशका जनताको मन जित्दै काम गर्नुको आनन्दनै बेग्लै हुन्छ । संसारमा जहाँ पुगे पनि आफ्नै जन्मथलोको माटोको माया हुन्छ । आफु विदेश गए पनि परिवार ईष्टमित्र यतै हुन्छन् । त्यसैले आफ्नै मुलुक सुरक्षित र समृद्ध हुनु पर्छ । त्यसको लागि हामी नै अग्रसर हुनु पर्छ । चाहना राख्नु एउटा कुरा हो त्यसलाई परिपूर्ति गर्न अठोट, लगन, मेहनत र सीपको आवश्यकता हुन्छ । सीप विनाको ज्ञानले सफलता प्राप्त गर्न सकिंदैन ।अत: अहिले बाटोमा हिँड्दै गरेको तपाईँले प्रहरी अधिकृत बन्न ज्ञान र लेखनसीपलाई फ़्यूज़न गर्न धेरै नै मेहनत गर्नु पर्छ र त्यसको लागी यस्ता शिक्षणसंस्थाहरु धेरै सहयोगी हुने बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा