बागलुङको तामाखोलामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु



बागलुङ । बागलुङको तमाखोला गाउँपालिकामा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा बिहेको जन्ती लिएर आएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । म्याग्दी मालिका गाउँपालिका–२ का वर्ष ४८ का मनप्रसाद पुन, वर्ष २९ को चालक रमेश घर्ती, वर्ष ४२ का खगेन्द्र पुन र वर्ष ४३ कि गौमाया पुनको अवस्था गम्भीर रहेको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ ।

ट्याक्टरमा २०÷२५ जना सवार रहेको अनुमान गरिएको र अहिले घटनास्थलमा खोजी र उद्धार कार्य जारी रहेको प्रहरी प्रमुख भट्टले बताउनुभयो । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘इआरएस टावर’ प्रयोग गरी खिम्ती–लामोसाँघु प्रसारण लाइन सञ्चालन

काठमाडौँ । गत असोज ११ र १२ को अविरल वर्षाका कारण तामाकोसी नदीमा

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सिंगापुर पठाईदिन्छु भनि ४० जनाबाट ५ करोड ठगी गरी फरार सुजन आचार्य पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी

आठ किलो चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ