बालाजुमा दुई दिने प्राविधिक रोजगार मेला हुने



काठमाडौं । बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीमा दुई दिने प्राविधिक रोजगार मेला हुने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीको आयोजनामा दुई दिने प्राविधिक रोजगार मेला हुने भएको हो ।

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीको हाताभित्र नै यही माघ १४ गते मंगलवार र १५ गते बुधवार दुई दिने (सीटीइभीटी) ले नेपालको पायोनियर प्राविधिक रोजगार मेला हुने जानकारी शिक्षालयका निमित्त प्रमुख बैकुण्ठ श्रेष्ठले आयोजित पत्रकार सम्मेलनमा बताएका छन्। निमित्त प्रमुख श्रेष्ठका अनुसार प्राविधिक रोजगार मेलाले रोजगारदाता र रोजगार खोज्नेहरुको मिलन गराउने प्रमुख लक्ष्य तथा उदेश्य रहेको हुँदा उक्त मेलाबाट रोजगारदाताले सही र दक्ष रोजगार पाउन सकुन भनेर यसप्रकारको प्राविधिक रोजगार मेलाको आयोजना गर्न लागेको निमित्त प्रमुख श्रेष्ठ भन्नु हुछन्।शिक्षालयका उपप्रमुख शंकरमान श्रेष्ठले प्राविधिक रोजगार मेलामा पञ्चकन्या , सिप्रदी , नेपाटप , अशोक ली लैड , युनाइटेड वायर र केवल जस्ता २५ भन्दाबढी प्रतिष्ठित उद्योगहरुको उपस्थिति हुने बताए।

उपप्रमुख श्रेष्ठका अनुसार प्राविधिक रोजगार मेलामा रोजगारदाताहरुले यसै बर्ष पास गरेका विगतमा कार्यअनुभव भएका साथै विभिन्न क्षेत्रमा कार्य गरिरहेका प्रशिक्षार्थीहरुलाई छनोट गरेर रोजगारी दिन सक्ने छ । यस प्राविधिक रोजगार मेलामा प्राविधिक एसएलसी र डिप्लोमा सिभिल, मेकानिकल, अटोमोवाइल, इलेक्ट्रिकल र स्यानिटरी विषयका करिब एक हजार विद्यार्थीहरुले भाग लिने आयोजक शिक्षालयका जब प्लेस्मेन्ट एण्ड काउन्सेलिङ युनिटका टिम लिडर शिव कारञ्जितको भनाई रहेको छ । साथै यस बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) को आंगिक प्राविधिक शिक्षालय हो । यसको स्थापना वि.सं. २०१८ सालमा भएको थियो। स्थापना बर्षमा ८ जना प्रशिक्षार्थीहरुवाट शिक्षालयको शुरु भएको उक्त शिक्षालयवाट ४ हजार ३ सय ९५ जनालाई विभिन्न प्राविधिक विषयमा दक्ष बनाइसकेको छ ।

स्थापना काल देखि बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीले मेकानिकल, इलेक्ट्रिकल, सिभिल, स्यानिटरी (प्लम्बिङ) अटोमोवाइल लगायतका विषयमा प्राविधिक जनशक्ति उत्पादन गरेर रोजगारदाताहरुलाई टेवा दिने कार्य हुंदैआएको छ ।
यसअघि वि.सं. २०७३ सालमा प्राविधिक रोजगार मेला भएको थियो। उक्त सालमा सहभागी प्राविधिक रोजगार खोज्नेहरुमध्ये बाट ७४५ प्रतिशतले रोजगार पाएको पनि बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीको दावी रहेको छ । यो बर्ष उक्त प्रतिशतभन्दा बढी हुने आँकन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा