अमेरिकाले नेपाली सेनालाई दियो दुई स्काइ ट्रक



काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई दुइटा एम–२८ स्काईट्रक प्रदान गरेको छ । त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको हवाई महानिर्देशनालयमा बुधबार आयोजित कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुर्त यान्डी बेरीले नेपाली सेनाका रथी शरद गिरीलाई विमान हस्तान्तरण गरे ।

यी स्काईट्रक मानिस र समान दुवै बोक्न प्रयोग गर्न मिल्ने सेनाले बताएको छ । छोटो समयमा उड्न र अवतरण गर्नसक्ने क्षमतासहितको यी विमान नेपालको भूगोलका निम्ति उपयुक्त हवाई साधन हुने बताइएको छ ।

यसबाट नेपालकै इतिहासमा सबभन्दा ठूलो सुरक्षा अनुदान मध्येको अनुदानको पहिलो भागको प्रतिनिधित्व भएको काठमाडौंस्थित अमेरिकी दुतावासले विज्ञप्ति मार्फत् जनाएको छ। झन्डै १ करोड ५० लाख डलरको अमेरिकी अनुदानको सबैभन्दा ठूलो अंशका रूपमा यी दुई विमान छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

तनहुँ । देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद

विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार

झापा। “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत

दिक्तेलमा अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार

खोटाङ । अकबरे खुर्सानीको मूल्य  खोटाङमा हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल

दरबार हत्याकाण्डको आज २४औँ स्मृति दिवस

काठमाडौं ।  पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस