वामदेव गौतम भन्छन् -प्रधानमन्त्री बन्न मात्र राष्ट्रिय सभामा जान्छु



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आफू प्रधानमन्त्री बन्ने स्थितिमा मात्र राष्ट्रिय सभामा जाने बताएका छन् । बीबीसी नेपाली सेवासँग कुरा गर्दै गौतमले प्रधानमन्त्री हुने शर्तमा मात्रै आफू राष्ट्रिय सभामा जाने बताएका हुन् । त्यसका निम्ति आफ्ना सर्तहरू रहेको नेता गौतमले बताएका छन् ।

उनले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो खुला गर्नुपर्ने बताए । त्यसका निम्ति संविधान संशोधन गर्नुपर्ने उनको भनाई थियो । आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेको नेता गौतमले बताए ।

उनले भने, “प्रतिनिधिसभा वा राष्ट्रिय सभा जहाँ गए पनि म प्रधानमन्त्री बन्न मात्र जाने हो। त्यसैले संशोधन गरेमात्र राष्ट्रिय सभामा जान्छु भएको हुँ।“ दुवै सदनका सदस्य प्रधानमन्त्री बन्न सक्ने प्रावधान राख्ने प्रस्ताव ’आफ्नो निम्ति मात्र नभएर संसदीय अभ्यास सुहाउँदो भएकाले’ राखेको उनको तर्क छ । गौतमले भने, “संविधान संशोधन भयो भने पनि म राष्ट्रिय सभामा जान्नँ। प्रधानमन्त्री बन्ने स्थिति बन्यो भने मात्र म जाने हो।“ उनका अनुसार संविधान संशोधन गर्न पनि सकिन्छ भनेर दुवै अध्यक्षले जवाफ दिएका थिए ।

तर त्यो गर्ने नगर्ने भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए । पछिल्लो आमनिर्वाचनमा गौतम बर्दियामा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका