घुस लिएको आरोप लागेका दोलखाका सिडिओ गृह मन्त्रालय तानिए



काठमाडौँ । घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ । उनलाई गृह मन्त्रालय तानिएको छ ।

रिजालले पटक–पटक घुस लिएको भन्दै पीडितले बिहीबार पत्रकार सम्मेलन गरेका थिए । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले रिजाललाई दोलखाको प्रजिअबाट हटाउने निर्णय भएको जानकारी दिए ।

प्रजिअ रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप पत्रकार सम्मेलन गरेर लगाएका थिए । रिजालमाथि घुस लिएको नलिएको बारे थप छानबिन गरिने प्रवक्ता शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सीमित दल र नेताहरूको वरिपरि घुम्ने शक्ति अभ्यासले नागरिकका वास्तविक सरोकार ओझेलमाः कार्यवाहक सभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘दलतन्त्र’को एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि नै प्रहार गरेको

नागढुंगा–नौबिसे सडकखण्डमा सवारी जाम(फोटोफिचर)

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको बस आज बिहान पौने तीन बजेतिर नागढुंगा–नौबिसे

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै

संविधानको रक्षा र गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्रै समृिद्ध हासिल गर्न सकिन्छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक